लकडाउनको समयमा फिल्डमा काम गर्न र पहिचान हुन सजिलो होस् भन्दै बराहक्षेत्र ५ मा रहेको सिद्धार्थ मेमोरियल इङलिस स्कुलले बराहक्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संस्था ग्रामीण पत्रकार समुहलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको छ ।
यस विपत्को समयमा समाचार संकलन गर्न सहज हुने र पत्रकार पहिचानका लागि सौजन्यको रुपमा ज्याकेट हस्तान्तरण गरेको विद्यालयका पिन्सिपल कृष्ण तामाङ्गले बताए ।
बराहक्षेत्रमा रहेका १७ जना पत्रकारहरुलाई ग्रामीण पत्रकार समुह भित्र आवद्ध गराउन सन्देशसहित प्रदान गरिएको ज्याकेट बिहीबार पिन्सिपल तामाङ र फाउन्डर राजन कार्कीले समुहका अध्यक्ष हिरण्य कार्की र सचिव संगम बिष्टलार्इ हस्तारण गरेका हुन् ।
उक्त संस्थाका सचिव बिष्टले पत्रकार अरुको घरमै पुगेर हस्तान्तरण गरिने बताए ।