सुनसरी । निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्रका एक युवकको लडेर मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका ११ का २८ वर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको हो ।
बिहीबार (आज) बिहान ६ बजे साथीहरुसँगै कोशी किनारामा निगुरो टिप्न गएकोमा चिप्लीएर कोशीको पानीमा खस्दा उनी घाइते भएका थिए ।
घाइते भएका मेहेतालाई सँगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।