बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका प्रहरीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।
नगरभित्र परिचालन भएका प्रहरीहरुलाई कोराना संक्रमण हुनबाट रोक्न स्वास्थ शाखाले मंगलबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख पाण्डव राजवंशीलाई हस्तान्तरण गरेको हो ।
नगर प्रमुख निलम खनालको हातबाट राजवंशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको स्वास्थ शाखाका निमित्त प्रमुख निखिल पोखरेलले बताए ।
चार सय थान मास्क, दुई सय थान पञ्जा र ५ लिटर सेनिटाइजर उपलब्ध गराएको पोखरेलले बताए ।








