बराहक्षेत्र । लायन्स क्लब अफ बराहक्षेत्र कालाब्न्जारले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ५ कालान्जार चौकमा असोज ३ गते संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।
अहिले देशमा कोरोना भाइरसको कारणले गर्दा उपचारमा रहेका बिरामीहरुलाई रगतको अभाव हुने भएकोले पहिलोपटक लायन्स क्लब अफ बराहक्षेत्र कालाबन्जारले रक्तदान कार्यक्रम गर्ने निधो गरेको क्लबका अध्यक्ष देबेन्द्र बिष्टले बताए ।
असोज ३ गते सशनिबार समेत परेको हुँदा सो दिन मास्क, सेनिटाइजर सहित सामाजिक दुरि कायम गर्दै भिडभाड नगरी कार्यक्रम गर्ने उनले बताए ।
उनका अनुसार सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा धरानको प्राविधिक सहयोग रहनेछ ।
साबिक भरौलबाट वार्षिक रूपमा करिब ३ सय पिन्ट रक्तदान हुँदै आएको छ ।