बराहक्षेत्र । बराहक्षेत्र वडा १० का नेकपा युवा बिद्यार्थीले स्वास्थ्यकर्मी र प्रहरीलाई पीपीई बितरण गरेका छन् ।
सोमबार स्वास्थ्यकर्मी र प्रहरीलाई गरी ५ थान पीपीई बितरण गरिएको युवा संघका नेता आकाश तामाङले जानकारी दिएका छन् ।
कोभिड १९ को माहामारीका बेला पनि युवा संघले स्थानि स्तरमा जनचेतना फैलाउनको लागि प्रचारप्रसार गरेको थियो । पछिल्लो समय युवा संघ एक्टिभ भएर लागिरहेका तामाङले बताए ।
यस्तै, सोमबार नै प्रकाशपुर प्रहरी चौकीलाई युवा संघले मास्क समेत वितरण गरेको छ ।
नेकपा सुनसरी काठमाडौं समन्वय मञ्च संयोजक रमेश विष्ट र स्थानीय समाजसेवि रविन घिमिरेको सहयोगमा सामाग्री वितरण गरिएको तामाङले बताए ।