Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

क्यान्सर पीडित श्रेष्ठको उपचारको लागि सहयोग अपिल

खबरबिट by खबरबिट
21/09/2020
in स्थानीय
0
क्यान्सर पीडित श्रेष्ठको उपचारको लागि सहयोग अपिल

ब्लड क्यान्सर पीडित पूर्णकुमार श्रेष्ठ

12
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । खोटाङको बराहपोखरी गाँउपालिका वडा १ बाराहा, हाल इटहरी उपमहानगरपालिका १७ पकलीको कान्छीचोक निवासी मुना श्रेष्ठले क्यान्सर पीडित आफ्ना श्रीमान् पूर्णकुमार श्रेष्ठको उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

उनका २८ वर्षीय श्रीमान् पूर्णकुमार श्रेष्ठलाई केही समय पहिले ब्लड क्यान्सर भई सिभिल अस्पताल काठमाडौंमा पहिलो चरणका उपचार भइ अहिले फलोअप भइरहेको परिवारले जनाएको छ । पूर्णरुपले निको हुन भने बाँकी छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

घरको आर्थिक अवस्था कमजोर तथा देशमा रोजगारीको अभावको कारणले धन कमाउने आशामा खाडीमुलुक पुगेका श्रेष्ठलाई घाँटीमा समस्या आई त्यहीको स्थानीय अस्पतालमा परीक्षण गरएको थिए । चिकित्सकले क्षयरोगको आशंका गरेको र उपचार गर्ने क्रममा कुनै सुधार नभएपछि घर फर्किएको पीडित श्रेष्ठले बताए । कम्पनीले आउन नदिएपनि जोखिम मोलेर नेपाल फर्किएको र काठमाडौंस्थित सिभिल अस्पतालमा पहिलो चरणमा परीक्षण गराउँदा अस्पतालले ब्लड क्यान्सर पुष्टि गरेको उनको भनाइ छ ।

खाडी मुलुक पुगेको १६ महिना पुगेको र सोही समयमा उनी बिरामी भएका थिए । आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडित श्रीमानको उपचारमा थप समस्या भएको श्रीमती मुना श्रेष्ठले बताइन् । ‘श्रीमानलाई ऋण खोजेर विदेश पठाएकी थिएँ तर रोग बोकेर आउनुभयो,’ उनले भनिन्, ‘पहिलो चरणको उपचार त गरियो तर अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ता परेको छ ।’

विभिन्न व्यक्ति, साथीभाइ तथा आफन्तहरुले सहयोग तथा घरपरिवारमा भएको गरी पहिलो चरणमा करिब ६ महिनासम्म उपचार गर्दा लगभग २० लाख खर्च भएको उनको भनाइ छ । “हरेक ३/३ महिनामा फलोअपमा मा जाँदा प्रत्येक पटक करिब ३५ हजार रुपैयाँ खर्च लाग्ने उनले बताइन् । डाक्टरको सल्लाह तथा सुझावले बिरामीको मनोबल बढेकोले सहयोगी मनहरुले सहयोग गरिदिए उपचारमा सहज हुने उनको भनाइ छ ।

सिभिल अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विशेष शर्मा पौडेलले अन्तिम चरणसम्म उपचार गर्न सके रोग पूर्णरुपले निको हुनसक्ने सम्भावना अत्यधिक रहेको र सो उपचारका लागि अस्पतालमा मात्र अझै कम्तिमा १५ लाख रुपैयाँसम्म लाग्न सक्ने अस्पताललाई उद्धृत गर्दै उनले बताइन् ।

२८ वर्षका श्रेष्ठको उपचारमा भएको र विदेशबाट कमाएको मात्र नभइ विभिन्न दाताहरुले गरेको सहयोग समेत पहिलो चरणको उपचारमा सकिएको हुँदा यतिबेला बढी आर्थिक संकट परेको र उपचारमा समस्या भएको मुनाले बताइन् ।

सहयोग गरिदिए आफू निको भई सामान्य जीवनमा फर्किने पूर्णकुमार श्रेष्ठको भनाइ छ । एक सानी छोरीका मातापिता श्रेष्ठ दम्पत्तिलाई उपचारका लागि आर्थिक कठिनाई रहेकाले सहयोग गर्न चाहनुहुने सहयोगी व्यक्ति तथा संघसंस्थाहरुले पूर्ण श्रेष्ठको मोबाइल नम्बर ९८१८६१८३१८/९८६५५५००७५ मा सम्पर्क गर्न र मेगा बैंकमा पूर्णकुमार श्रेष्ठको नाममा रहेको खाता नम्बर ००५००५०१८३३५६ मा रकम जम्मा गरिदिन सक्ने पीडितकी श्रीमती मुनाले बताइन् ।

Tags: ब्लड क्यान्सरसहयाेग अपिल

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.