बराहक्षेत्र । नेपाल प्रेस युनियन वराहक्षेत्र नगर समितिको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम संगै भित्ते पात्रो टिर्सट सर्बजनिक गरेको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ स्थित जनहित क्लबको भवनमा भएको उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिकाबाट प्रतिनिधि गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्यमा विजयी भीषण राई, नेपाल पत्रकार महासंघको प्रदेश परिषद सदस्यमा बिजयी बाबुराम कार्की, दुई दशकदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकार हिमाल राई र सन्तोष गुप्तालाई सम्मान गरिएको नेपाल प्रेस युनियन बराहक्षेत्रका सभापति संगम बिष्टले बताए ।
युनियनका हरेक गतिविधिलाई साथ तथा सहयोग गर्ने रोशन खड्का र बाबुराम आचार्यलाई समेत कदर पत्रले सम्मान गरेको विष्टले बताए ।
उक्त कार्यक्रम नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले २०७८ सालको भित्ते पात्रो समेत सार्वजनिक गरेको छ । खड्काले युनियनलाई १५ वटा टिर्सट समेत हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव केदार भण्डारीको प्रमुख आतिथ्यता रहेको थिए । विशेष अतिथि नेपाल प्रेस युनियनका जिल्ला सभापति पवन अधिकारी, महासमिति सदस्य अनु गुरुङ , रेवतीरमण दुलाल, नगर सभापति नारायण नेपाल लगायत पार्टीका विभिन्न पदमा रहेका जिम्मेवारी व्यक्तीहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन बराहक्षेत्र सभापति संगम बिष्टको सभापतित्व रहेको थियो । कार्यक्रम सन्तोष गुप्ताले सञ्चालन गरेका थिए ।