इटहरी । नेपाल पत्रकार महासंघ सुुनसरीले कोरोना संक्रमितलाई उद्दार गर्न, अवस्था बुझ्न तथयांक संकलन गर्न तीन समिति गठन गरिएको छ ।
शनिबार बिहान भर्चुअल (जुम)बाट भएको बैठकले महत्वपूर्ण तीन निर्णय गरेको हो । बैठकले पूर्व अध्यक्ष, सल्लाहकार सहित बसेको बैठकमा कार्यसमितिले सो महत्त्वपूर्ण निर्णय गरेको हो ।
जिल्लामा कार्यरत कोही पत्रकारलाई कोरोना लागेमा उद्धार गर्नलाई सहजीकरण गर्ने समिति निर्माण गरेको छ ।
अध्यक्ष जनकऋषि राईको संयोजकत्वमा सह(सचिव भोला श्रेष्ठ, सदस्य वीरेन्द्र साह, आर.बी. कट्वाल, सुुस्मिता राई र सुविन विश्वकर्मा सदस्य रहेको उद्धार तथा सहजीकरण समिति निर्माण गरेको हो ।
त्यस्तै, बैठकले उपाध्यक्ष गणेश निरौलाको संयोजकत्वमा कोषाध्यक्ष अजित झा, सदस्यहरु विवेक विवश रेग्मी, संगम बिष्ट र देबिका चाम्लिङ सदस्य रहनेगरी जिल्लाका पत्रकारलाई फेलोसिप तथा संचारगृहलाई सहयोग सहजीकरण समिति निर्माण गरेको छ ।
त्यस्तै, सचिव ध्रुुव ढकालको संयोजकत्वमा जिल्लामा भएका पत्रकारहरुको अवस्था तथ्याङ्क संकलन समिति निर्माण भएको छ ।
बैठकमा महासंघ सुुनसरीका सल्लाहाकार सन्तोष काफ्ले, पूूर्व अध्यक्ष राजेश बिद्रोही, आनन्द श्रेष्ठ, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य अमर खड्काले पत्रकारहरुको अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउन सुझाव दिएका थिए ।
उनीहरूले अहिलेको समयमा संचारकर्मीहरुलाई परेको समस्या समाधानमा महासंघ लाग्नुुपर्नेमा जोड दिएका थिए ।
हाल महासंघले जिल्लाभरीका विभिन्न स्थानीय तहसँग समन्वय गरी पत्रकारहरुको लागि आइसोलेसन निर्माण गर्ने विषयमा समेत छलफल भइरएको सचिव ध्रुव ढकालले जानकारी दिए ।








