सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा रहेको देशकै सबैभन्दा ठूलो इदगाह भुटाहामा यस पालि पनि इदुल फित्रका (ईद)मा नमाज नपढ्ने निर्णय गरेको छ ।
मंगलबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र इदगाह कमिटी भुटाहा बीचको बैठकले ईदुल फित्रका दिन नमाज नपढ्ने निर्णय गरेको हो । कमिटिले यस वर्ष पनि नमाज घरमै बसेर पढ्न आग्रह गरेको हो ।
गाउँपालिकाको निर्णय पछि इदगाह कमिटी भुटाहाले एक विज्ञप्ति निकालेर देशको परस्थितिलाई मध्यनजर गर्दै गरेको निर्णयलाई सम्पूर्ण मुस्लिम समुदायले पालना गरिदिन अपिल गरेको हो ।
रमजान महिनाको अन्त्यमा मनाइने मुख पर्व ईदुल फित्रका दिन ईदगाह मैदान, मस्जिद र मदरसामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । तर यस वर्ष कोरोना भाइरसको दोस्रो महामारीको स्थितिलाई ध्यानमा राखि ईद पर्व घरमै बसेर मनाउन ईदगाह कमिटी भुटाहाले आग्रह गरेको हो ।
ईदगाह कमिटी भुटाहाका सह(सचिव सेराज फलाहीले यस पालि इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न अपिल गरेका छन् ।
उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरेको छ ।