इटहरी । प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासंघ सुनसरीलाई आइतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले महासंघका सचिव धुब्र ढकाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोही पनि सञ्चारकर्मी स्वास्थ्य सामाग्री अभावका कारण कोरोना संक्रमित नहुन् भन्ने उद्देश्यले युनियनले महासंघलाई स्वास्थ्य सामाग्री वितरण गरेको अधिकारीले बताए । एक हजार थान मास्क, १० लिटर तथा अन्य दुई दर्जन सेनिटाइजर हस्तान्तरण गरिएको थियो ।
उद्योग बाणिज्य संघ इटहरीका सदस्य खगेन्द्र बिमलीको सहयोगमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।








