रामधुनी । झुम्का जेसीजले वर्ष २०२१ को लागि जेसीज सप्ताह भदौ १७ गते बिहीबारदेखि मनाउने भएको छ । अघिल्ला वर्ष झै यस वर्षपनि विभिन्न कार्यक्रमका साथ जेसीजले सप्ताह मनाउन लागेको हो ।
बिहीबारबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने तय भएको झुम्का जेसीज वर्ष २०२१ का अध्यक्ष बलराम चौलागाईले बताए । उनका अनुसार बिहीबार बिहान ८ बजे लगौना चौकमा वृक्षारोपण सँगै सप्ताह समुद्घाटन गरिने छ ।
त्यस्तै १८ गते शुक्रबार राइजिङ स्टार स्कुलमा सेल्फ डिफेन्स ट्रेनिङ, १९ गते शनिबार पञ्चायन विद्या मन्दिरमा संस्थागत क्षमता विकास कार्यक्रम, २० गते आइतबार झुम्का बजारमा म, मास्क र म्यासेज कार्यक्रम गर्ने तय भएको अध्यक्ष चौलागाईले जानकारी दिए । उनका अनुसार २१ गते सोमबार थारु भिलेजमा दर खाने कार्यक्रम, २२ गते मंगलबार लालपुरमा स्वास्थ्य शिविर र २४ गते कल्पवृक्ष पार्टी प्यालेसमा बालमैत्री घोषणा अभियानसम्बन्धि अन्तरक्रिया र समापन गर्ने कार्यक्रम रहेको छ ।
हरेक वर्ष झै यस वर्षको सप्ताहमा प्रत्येक कार्यक्रमका एक/एक जना संयोजक तोकिएको छ । वृक्षाराेपणका लागि मनिष काफ्ले, सेल्फि डिफेन्स ट्रेनिङका लागि अनिष उप्रेती, क्षमता विकास तालिमका लागि रमेश चाैधरी संयाेजक रहेका छन् । त्यसैगरी म, मास्क र म्यासेजका लागि चारस निराैला, दर खाने कार्यक्रमका लागि आशा चौधरी, स्वास्थ्य शिविका लागि देवराज खड्का र अन्तरक्रिया तथा समापनका लागि द्वारिका घिमिरे संयाेजक छन् ।
सप्ताहको मूल संयोजककाे रूपमा सागर पराजुली छन् ।