गायिका अञ्जली चौधरीको आफ्नै शब्द संगीतमा तथा निर्माणमा रहेको दिपावली गीत सोमबार सार्वजनिक गरिएको छ । सुखराईत ल्याके एलै नामको उक्त थारु दिपावली गीतमा स्थानीय गायक हेमन्त चौधरी तथा गायिका अञ्चली चौधरीको स्वारमा रहेको छ ।
मेधा डिजिटल रेकर्डिङ स्टुडियो झुम्कामा रेकर्डिङ तथा मिक्सिङ्ग गरिएको उक्त गीतमा स्थानिय कलाकार विनोद चौधरी, सनम चौधरी, नविन लेख्ही, आरती धामी लगायत थुप्रै कलाकारहरुको प्रस्तुती देख्न सकिन्छ ।
गायिका अञ्जलीको निर्माणमा रहेको उक्त गीतलाई आशा थारुको निर्देशन रहेको भिडियोलाई रोबिन चौधरी र सावन चौधरीले छाँयाङ्कन गरेका हुन् ।
यस गीतमा विशेष गरी पुर्वी नेपालका थारु समुदायमा मनाइने गरिएको दिपावली चाडलाई गीतको भिडियो मार्फत प्रस्तुत गरिएको मेधा डिजिटल रेकर्डिङ स्टुडियोका सञ्चालक विशाल चौधरीले जनाएका छन् ।
“पुर्वी नेपालका थारु समुदायमा मनाइने गरिएको दिपावली चाडलाइ कसरी मनाइन्छ र थारु भाषामा पनि दिपावली गीतहरु बन्दै छ भन्ने आम जनमानसमा यसको सुचना पुगोस् भन्ने उद्देश्यका साथ दिपावली गीत सार्वजनिक गरिएको” सञ्चालक चौधरीले खबरबिटलाई जानकारी दिए ।
यस गीतलाई धेरै भन्दा धेरै स्रोता सामु पर्याएर दिपावलीको आभास थारु समुदायका घरघरमा पुगाउने उद्देश्यका साथ थारु भाषामा रहेको उक्त दिपावली गीत दिपावली अगावै सार्वजनिक गरिएको सञ्चालक चौधरीको भनाई रहेको छ ।
असोज ३१ गते सोमबारका दिन सार्वजनिक गरिएको यस गीतलाई फ्रेन्डस् इन्टरटेन्टमेन्ट युटुभ च्यानलमा हेर्न सकिन्छ ।