भिटामिन ‘ए’ र जुकाको औषधी कात्तिक २ र ३ गते खुवाउन सुरु गरिएको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । देशभरका स्वास्थ्य उपचार केन्द्र तथा स्वास्थ्य स्वयमंसेविकाबाट क्यापसुल खुवाइन्छ ।
सोही अनुरुप रामधुनी नगरपालिका भित्र रहेका सम्पूर्ण प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्य संस्थाबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरुगएिको रामधुनी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
बालबालिकाको शारिरिक, मानसिक, इन्द्रिय विकासका तथा बाल अवस्थामा आइपर्ने विभिन्न संक्रमणसंग लड्न मद्धत गर्ने भएकोले हरेक ६–६ महिनमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको हो ।
‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।