Saturday, May 2, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा

खबरबिट by खबरबिट
30/12/2022
in मुख्य समाचार, समाचार
0
सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा
101
VIEWS
Share on FacebookShare on Twitter

सत्ता साझेदार दलले पाँच दिनभित्र साझा न्यूनतम् कार्यक्रम ल्याउने घोषणा गरेको छ । गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षमा बसेको बैठकले साझा न्यूनतम् कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनले आमजनतालाई सहयोग पुग्नेगरी सात दलसहित स्वतन्त्र सांसदको समेत सहयोगमा साझा कार्यक्रम ल्याउने तयारी गरेको छ । जनताले दैनिक भोग्नुपरेको सास्तीदेखि दीर्घकालीन रुपमा प्रभाव पार्ने कार्यक्रमहरू समेटिने जनाइएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सबै दलको योजना र कार्यक्रमलाई समेट्नेगरी साझा न्यूनतम् कार्यक्रम ल्याइने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए । ‘गत चुनावमा हामी फरक फरक दल र गठबन्धनबाट चुनाव लड्यौं । अहिले सत्ता साझेदार दलको विचार र दृष्टिकोण फरक फरक भए पनि एक ठाउँ छौैं,’ ढकालले भने, ‘आ–आफ्ना पार्टीका घोषणापत्र र योजनालाई साझा न्यूनतम कार्यक्रम अन्तर्गत समेट्ने तयारी छ ।’

साझा न्यूनतम् कार्यक्रममा सबै दलका घोषणापत्र र योजना सबैको चित्त बुझ्नेगरी ल्याइने ढकालले बताए । देश र जनताको पक्षमा धेरै काम गर्नुपर्ने भएकाले योजनावद्ध साझा न्यूनतम कार्यक्रम ल्याउन थालिएको ढकालले बताए ।

सत्ता साझेदार दलबाट साझा न्यूनतम् कार्यक्रम आएमा सबै मन्त्रीले दृढताका साथ कार्यान्वयन गरेर जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डले समेत सबै दललाई समेटेर तत्काल जनतालाई प्रभाव पार्ने काम गर्न खोजेको बारम्बार बताउने गरेका छन् । अरु दीर्घकालीन योजनाका कामहरू सबै शक्ति लगाएर गर्ने प्रचण्डले तयारी गरेका छन् ।

तर, अर्थ मन्त्री विष्णु पौडेलले अहिलेसम्म बैठक नै नबसेकाले कुन कुन विषय र क्षेत्रलाई समेट्ने भन्ने विषयमा निर्क्यौल भई नसकेको बताए । साझा न्यूनतम कार्यक्रमका संयोजक पौडेलले पहिलो बैठक बसेपछि धेरै विषय स्पष्ट हुने बताए ।

‘साझा न्यूनतम कार्यक्रम ल्याउने हिजोमात्रै निर्णय भयो । अझै सदस्य थप्न बाँकी नै छ । बैठक बसेमा कुन कुन क्षेत्रमा के-के काम गर्ने भन्ने विषयमा क्षेत्र निर्धारण हुन्छ,’ पौडेलले भने, ‘अहिलै बैठक बस्न नसकेकाले केही भन्न सक्ने अवस्था छैन ।’

Tags: धाेषणानयाँ सत्ता समिकरणसत्ता साझेदार दलसाझा न्यूनतम् कार्यक्रम

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ सम्मगर्न सरकारलाई आयोगकाे प्रस्ताव

राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ सम्मगर्न सरकारलाई आयोगकाे प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.