सुनसरी । सुनसरीको वायु प्रदुषण अस्वस्थकर देखिएको छ । वायु गुणस्तर सुचक (एक्युआई) अनुसार बुधबार सुनसरीको वायु प्रदूषण अस्वस्थकर देखिएको छ ।
दिउसो ४ बजेको मापन अनुसार झुम्का सबै भन्दा बढी प्रदुषण्को स्थानमा रहेको थियो । सो समयमा झुम्काको एक्युआई १८३ रहेको थियो । सोही समयमा शंखपार्कको १६० र खुमल्टारको १५४ एक्युआई रहेको थियो । एक्युआईको रियल टाइम डाटा अनुसार तीनवटै स्थान रेडजोनमा रहेका थिए ।
राति ८ बजेको डाटा अनुसार सुनसरीको इटहरी तेस्रो स्थान (अस्वस्थकर)मा रहेको छ । सो समयमा सबैभन्दा बढी काठमाडौंको एक्युआई १६५ रहेको डाटाले देखाएको छ । त्यस्तै सोही समयमा भक्तपुरको १५४ एक्युआई रहेको छ ।
यस्तो सूचकांक १०० देखि माथिको अंकमा पुगेमा अस्वस्थकर रहेको मानिन्छ ।
हालसम्म अस्वस्थकर सूचीमा तुलसीपूर र महेन्द्रनगर पनि क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छ ।