Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा गाई वितरण : वडाद्वारा आफूखुसी नाम सिफारिस, घरकै गाई देखाएर किसानले अनुदान लिएको आरोप

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/06/2021
in FEATURE, मुख्य समाचार, स्थानीय
1
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
34
SHARES
846
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९ हिडलुवाका ऋषि प्याकुरेलले नगरपालिकाले नगरवासिहरुलाई दुहुना गाई बितरण गर्दैछ भन्ने थाहा पाएपछि केहि दिन अघि वडा कार्यलयमा थप जानकारी लिन पुगे । तर वडाध्यक्षले बिदेशबाट रोजगारीमा समस्या भएर फर्केका, ५ कठ्ठा भन्दा थौरै जमिन भएका, एकल महिला तथा दलित समुदायलाई प्रथामिकता दिने मापदण्ड रहेको बताएपछि उनी फर्किए ।

वडा नं ९ कै मानबहादुर कार्की र कुमार नेपाल पनि वडाध्यक्षले भनेको मापदण्डमा नपरेपछि फारम नभरी फर्किए । लक्षित वर्ग र निश्चित परिवारका लागि भनेर तोकेरै नगरपालिकाले नै पठाएपछि उनीहरुले गाई पाउने सम्भावना नै थिएन । त्यसैले फारम नभरी फर्किए ।
तर उनीहरुले पछि नगरपालिकाले गाई दिँदा उनीहरु भन्दा आर्थिक अवस्था सम्पन्न भएका र मापदण्ड भन्दा विपरितका किसानलाई वितरण गरेको थाहा पाए । आर्थिक अवस्था सम्पन्न भएकाहरुले र मापदण्डमा नपरेकाहरुले गाई पाएपछि उनीहरु आक्रोशित बने । बराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गरेको दुहुना गाई वितरणमा मनमरी गरेको गुनासो गरेका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

गाई वितरण गर्दा राजनैतिक पूर्वाग्रह राखेर, वडाध्यक्ष तथा सदस्यहरुहरुले आफ्ना निकट व्यक्तिहरुको नाम सिफारिस गरेको आरोप उनीहरुले लगाएका छन् । प्याकुरेलका अनुसार वडाध्यक्ष तथा सदस्यहरुले तत्कालिन नेकपा वडा अध्यक्षसहित गाउँका सम्पन्न एमालेका कार्यक्रताहरुको मात्र नाम सिफारिस गरीएको आरोप लगाए । ‘वडा नं ९ को हिडलुवा टोलमा गाई पाउने परिवारको जग्गा २र३ बिगहा छ । उनीहरुको परिवारका सदस्य सरकारी जागिरमा उपल्लो तहमा जागिरे पनि छन् ।’ उनले भने, ‘तर पनि सोहि परिवारले गाई पाएको छ । गरिब तथा असाहयले पाएको छैन ।’ गाई वितरण गर्दा वडाध्यक्षले आफूखुसी नाम सिफारिस गरेको र किसानले पनि अनुदानको रकम लिएर घरकै गाई देखाएको उनको आरोप छ ।

बराहक्षेत्र नगरपालिकाले २ सय २८ वटा गाई वितरणको लक्ष्य लिएकोमा नगरको बिहीबारसम्मको तथ्यांक अनुसार १ सय ५५ वटा मात्र गाई वितरण गरेको छ । कम्तिमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने नगरपालिकाको निर्देशिका भए पनि कतिपय अनुदान पाउने कृषकले घरकै गाई देखाएको वडा नं ९ का अन्य स्थानीय किसानहरुले आरोप लगाएका छन् । वडा नं ९ मा २५ परिवारलाई गाई वितरण गर्ने योजना अनुसार केही बाहेक सबैले गाई खरिदको प्रकृया पूरा गरेका छन् । केहिको सम्झौता हुन बाँकी छ ।

कुनै विभेद गरेको छैन : वडाध्यक्ष लिम्बु
नगरपालिकाको योजनामा वितरण गरिएको गाईमा आफुले कुनै राजनीतिकरण, जातीय विवेध नगरेको वडा नं ९ का अध्यक्ष दिपक लिम्बुले दाबी गरेका छन् । गाई खरिद गर्दा ३५ हजार रुपैयाँसम्म कृषकले र ३५ हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने भएकाले बिपन्न परिवारलाई ३५ हजार जोह गर्न समस्या परेको तर मापदण्ड बाहिर गरेर गाई वितरण नगरेको वडाध्यक्ष लिम्बुको भनाई छ । तर मेयरबाट नै वडामा गाई वितरणमा अनयमिता भएको भन्दा अच्चम लागेको र आफूले त्यस्तो कुनै पक्षपात नगरेको उनले दाबी गरे । ‘घरको गाई देखाएर अनुदान लिएको भए पशु शाखालाई अनुगमन गरेर सत्य कुरा बाहिर ल्याउन आग्रह गर्छु ।’ उनले भने ।

वडाको सिफारिसको आधारमा वितरण : पशु स्वास्थ्य अधिकृत
आर्थिक वर्ष २०७७/०७८ को बराहक्षेत्र नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकलाई दुहुना गाई वितरण गर्दा वडा कार्यालयले तोकेर कृषक छनोट गररे पठाएको आधारमा गाई दिने सम्झौता गरेको पशु स्वास्थ्य अधिकृत विमल अधिकारीले बताए । ‘वडा कार्यलयमा फारम भरेर नै छोनोट भएका आधारमा गाई दिने सम्झौता गरेका हौं’ अधिकारीले भने, ‘पशु शाखाले छनोट गरेर गाई वितरण गरको छैन । घरको गाई देखाएर अनुदान लिएको भए हामी छानबिन र अनुगमन गर्नेछौ ।’ त्यस्तो भएको खण्डमा कृषकलाई कारबाही गर्ने पशु शाखाका प्रमुख अधिकारीले बताए ।

Tags: अनुदानकिसानगाई वितरणबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
स्थानीय तहमा खै दिगो विकास ?

स्थानीय तहमा खै दिगो विकास ?

Comments 1

  1. Pingback: बराहक्षेत्रकाे 'गाई अनुदान कार्यक्रम'मा अनुगमन सुरु, ७ कृषककाे भुक्तानी राेकियाे » Khabarbit

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.