Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘गाई अनुदान कार्यक्रम’ : घरकै गाई देखाउने र किर्ते गर्ने ७ कृषककाे भुक्तानी राेकियाे

मापदण्ड विपरित गाई खरिद गर्ने र घरको गाई देखाएर अनुदान रकम लिनेको भुक्तानी नहुने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/06/2021
in FEATURE, समाचार
0
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?
21
SHARES
526
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरणमा लापरबाही भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले अनुगमनमा थप कडाइ गरेकाे छ ।

मापदण्ड विपरित वितरण भएको र किसानहरुले समेत आफ्नै घरको गाई देखाउँदै अनुदान रकम लिएको गुनासा र समाचार आउन थालेपछि नगरपालिकाले अनुगमनलाई कडाई गर्दै कारबाही सुरू गरेकाे हाे ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

नगरपालिकाले अनुगमन गर्ने क्रममा मापदण्ड विपरित काम गर्ने ७ जना कृषकहरुको भुक्तानी रोकिएको प्रशासन प्रमुख मनु कुमार लिम्बूले बताए । लिम्बूका अनुसार सम्झौता गरेर बराहक्षेत्र वडा नम्बर १० का केशव महतरा, मानबहादुर कटुवाल, वडा नम्बर २ बस्ने हिरामाया राई र वडा नम्बर ७ बस्ने पवन बुढाथोकीले ब्याउन बाँकी रहेको गाई खरिद गरेका थिए भने वडा नम्बर २ बस्ने शान्ति कटुवाल र वडा नम्बर १० बस्ने सुसिला बस्नेत राउतले घरमै भएको गाई देखाएका थिए ।

त्यसै गरी वडा नम्बर २ बस्ने प्रेम कुमारी कटुवालले सानो लोकल गाई खरिद गरेको पाइएको छ । नगरपालिकाले भनेअनुसार नभएको भन्दै उनीहरुको भुक्तानी रोकिएको लिम्बूले बताए ।

यता प्रशु शाखा प्रमुख बिमल अधिकारीले बिचौलियाहरुको विगविगी रहेको विषयहरु आइरहेको हुँदा छड्के अनुगमन गर्दै मापदण्ड बिपरित भेटिएका कृषकहरुलाई भुक्तानी नदिने र अनुगमन कडाइ रूपमा लागिपरेको बताए । अधिकारिका अनुसार अहिलेसम्म १ सय ७१ जना कृषकले गाई खरीद गरेको तथ्यांक रहेको छ । बुधबार अनुगमन टोलिले ८६ वटा कृषकको घरमै गएर अनुगमन गरेको जसमा अहिलेसम्म ७ जना कृषकले मापदण्ड बिपरित काम गरेको पाइएको बताए अधिकारीले बताए ।

बराहक्षेत्र वडा नम्बर ८ बस्ने पुलाहाका शेरबहादुर खत्रीको गोठको गाईलाई अर्कै व्यक्तिले अनुदान लिने प्रकृया अगाडि बढेपछि विचौलिया काण्ड बाहिर आएको थियो ।

नगरपालिकाले २२८ वटा गाई बितरण गर्ने छ । जसमा अहिलेसम्म १ सय ७१ जनाले गाई खरिद गरेर लिएको पशु शाखाले जानकारी दिएको छ ।

गाईले कम्तिमा ८ लिटर दूध दिने, जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने र सो वापत् नगरले ३५ हजार रुपैयाँ प्रति गाई प्रदान गरिने नगरले जनाएको छ ।

Tags: अनुदानबराहक्षेत्रबराहक्षेत्र नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
‘देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

‘देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.