सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत सुनसरीका २ क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेद्वारहरुले अग्रता रहेको छ ।
कुल ४ वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेश सभा क्षेत्र रहेको सुनसरीमा हाल सम्म सुनसरीका २ वटा क्षेत्रमा नेकपा (एमाले)का उम्मेद्वारहरुले अग्रता कायम राखेका छन् भने १–१ स्थानमा नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले अग्रता लिएका छन् ।
सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५ सय ६८ मत प्रप्त गर्दा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले ४ हजार ९ सय ४९ मत प्रप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जिवनकुमार श्रेष्ठ ७ सय ५९ मत प्रप्त गर्दै तेस्रो स्थान लिएका छन् ।
त्यस्तै सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा एमालेका भगवती चौधरीले २ हजार ७ सय ११ मत प्रप्त गर्दै अग्र स्थानमा कायम रहेकी छिन् । चौधरीले अग्रता लिइ रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले २ हजार ३ सय ३७ मत प्रप्त गर्दै दोस्रो स्थानमा रहेर पच्छ्याउदै छन् ।
त्यस्तै सोही क्षेत्रमा लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार १ हजार ७ सय ३२ मत प्रप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
अर्को तर्फ सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा प्रत्यक्ष तर्फमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले ४ हजार ५९ मतका साथ अग्रता लिदा उनका प्रतिद्वन्दी नेकपा (एमाले)का भीमप्रसाद आचार्यले ३ हजा १ सय ४७ मत ल्याउदै दोस्रो स्थानमा रहेर पच्छ्याएको अवस्था रहेको छ ।
साथै सोही क्षेत्रको लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सिताराम मेहता २ हजार १ सय २२ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
सुनसरी क्षेत्र १ मा भने लोकतान्त्रीक बम गठबन्धनका तर्फबाट नेकपा (माओबादी केन्द्र)का उम्मेदवार मुक्सामहाङ सुब्बा ३१७५ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार अशोककुमार राई २७६४ मतका साथ दोस्रो स्थानमा छन् ।
स्वतन्त्र उम्मेद्वार रहेका मनोजकुमार मेयाङ्बोलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ् २ हजार ४ सय २८ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।