सुनसरी । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ सुनसरी क्षेत्र नं. ३ को मतगणना जारी छ । उक्त मतगणनामा उम्मेद्वारहरुको मतमा केही उतार चडाव आएको छ ।
पछिल्लो समयमा सबैभन्दा तेस्रो स्थानमा रहेर अग्रताको खोजिमा रहेको यस क्षेत्रबाट लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विजय कुमार गच्छदार आज भएको मतगणनामा दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीलाई पछिपार्दै दोस्रो स्थानमा रहेका छन् ।
गच्छदारले ९ हजार ३ सय २८ ल्याउँदा मैनाली ४ हजार ८ सय ९३ मात्र मत प्रप्त गर्दै तोस्रो स्थानमा रहेका छन् । उनले प्रप्त गरेको मतपरिणम अनुसार गच्छदार ४ हजार ४ सय ३५ को मतान्तरका साथ दोस्रो स्थानमा अग्रता लिएका छन् ।
त्यस्तै पहिलो स्थानमा यथावत रहन सफल नेकपा (एमाले) की उम्मेद्वार भगवती चौधरीले १३ हजार ६ सय ७८ मत प्रप्त गरेकी छन् । दुई पटकसम्म सोही क्षेत्रबाट पराजय भोगेकी चौधरीले गच्छदारसंग ४ हजार ३ सय ५० मतान्तर राख्दै अग्रतालाई कायम राख्न सफल रहेकी छिन् ।
हिजोका मितिसम्ममा तोस्रो स्थानमा रहेका गच्छदारले पहिलो स्थान प्रप्त गर्न थप साडे ४ हजारको अग्रता आवश्यक देखिन्छ । हालसम्म इटहरीका ६ देखि १५ नं. वडा त्यस्तै इनरुवाको ७ नं वडा र गढी गा.पा.को १ नं. वडाको मतगणना समापन भैसकेको अवस्थामा हाल दुहबी वडा नं. ९ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।