सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आजका लागि बोलाएको सचिवालय बैठक शनिवारका लागि बोलाइएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै समानुपातिक तर्फको सांसद छनौट लगायत विषयमा डाकिएको उक्त बैठक तयारी नपुगेको भन्दै शनिवारका लागि डाकिएको नेकपा(एमाले)ले जनाएको छ ।