सुनसरी । प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरील बिराटनगर महानगरपलिका– १३ स्थितबाटे पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेको प्रहरीले जनाएको छ ।
हिजो बिहिबार साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले अभियुक्तलाई प्रशरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- ३ बोतल, ESKUL 100ML- २ बोतल र SPAMO PROXYVON PLUS-१८ क्याप्सुल लागुऔषध प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका लिम्बुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।