Sat 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गरिने

    आशिष काफ्ले by आशिष काफ्ले
    २८ मंसिर २०७९, बुधबार १०:५९
    44
    SHARES
    ShareTweetSubscribe

    निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताए ।

    मतदानको १६ दिनपछि २० मंसिरमा प्रतिनिधिसभाको २७५ र प्रदेश सभाको ५५० क्षेत्रको मतगणना सकाएको आयोगले २१ गते दलहरूलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । २४ मंसिर अबेर रातिसम्म नामावली बुझाएकामध्ये पाँच दलको सूची त्रुटिपूर्ण थियो । थप दुई दिनको समय पाएका दलहरूले सोमबार सच्याएर नामावली बुझाएका थिए ।

    यसमध्ये त्रुटिपूर्ण सूची बुझाएको एमालेले पुरानै नामावलीलाई मान्यता दिन माग गर्दै सच्याउन अस्वीकार गरेको थियो । आयोगले बन्दसूची हेरफेर गर्ने कानुन नभएकाले समावेशी समूह र प्राथमिकता क्रमअनुसार मिलाएर ल्याउन ताकेता गरेपछि मंगलबार एमालेले सच्याएर नामावली बुझाएको छ ।

    समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले बुधबार अन्तिम परिणाम घोषणा गर्न लागेको प्रमुख आयुक्त थपलियाले बताए । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् । समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।

    अन्तिम परिणाम घोषणा गर्न आयोगले बुधबार साढे १ बजे पत्रकार सम्मेलन गर्दै छ । ‘बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछौँ । लगत्तै आयोगमा समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिन्छौँ,’ प्रमुख आयुक्त थपलियाले भने । निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र राष्ट्रपति तथा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । ‘राष्ट्रपतिलाई भोलिपल्टै प्रतिवेदन दिन्छौँ । २ पुसमा सातवटै प्रदेश प्रमुखलाई बुझाउँछौँ,’ थपलियाले भने ।

    संसद् अधिवेशन मध्य पुसमा
    आयोगले अन्तिम परिणाम दिँदै गर्दा सरकारले संघीय संसद्को अधिवेशन आह्वानको तयारी थालेको छ । तर, यसअगावै नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसक्नेछ । सत्तागठबन्धनमा पुसको मध्यतिर अधिवेशन बोलाउने गरी छलफल चलेको छ । ‘पुसको १५ वा १७ गते बोलाउने कि भन्ने हिसाबले छलफल अगाडि बढको छ । २० गते नकट्ला,’ गठबन्धनका एक नेताले भने । माओवादी महासचिव देव गुरुङले भने राष्ट्रपतिले नवनिर्वाचित सांसदको शपथको समय तोकेपछि त्यही सेरोफेरोमा अधिवेशन आह्वानको सिफारिस हुने बताए । संविधाको धारा ९३ (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

    सरकार गठन आउँदो साता
    अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठनको औचापरिक बाटोसमेत खुल्नेछ । संविधानको धारा ७६ (३) मा ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ । घोषणा गरेको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन सात दिनको समय पाएको आयोगले बिहीबार राष्ट्रपतिलाई बुझाउँदै छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछिन् । शीतलनिवास स्रोतका अनुसार बिहीबार प्रतिवेदन प्राप्त गरेपछि शुक्रबार र शनिबार अध्ययन गरेर आइतबार वा सोमबारसम्ममा राष्ट्रपतिले ७६(२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ ।

    ‘संसद् अधिवेशन नबोलाई सरकार गठनको आह्वान गर्न मिल्छ । राष्ट्रपतिबाट निश्चित समय तोकेर ७६(२) बमोजिम दाबी गर्न दलहरूलाई आह्वान हुन्छ,’ राष्ट्रपति कार्यालयका एक पदाधिकारीले भने, ‘बिहीबार प्रतिवेदन आएपछि शुक्रबार र शनिबार अध्ययन हुन्छ, आइतबार वा सोमबारसम्ममा आह्वान हुन्छ ।’ ढिलोमा आउँदो साताभित्र सरकार गठनको आह्वान भइसक्ने उनको भनाइ छ ।

    आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ । बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

    Tags: Bannerनिर्वाचन अन्तिम परिणामनिर्वाचन आयोगप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९
    ADVT
    अगाडिकाे पाेस्ट

    झारफुक गरी उपचार गर्ने बहानामा बलात्कारकाे शिकारमा महिला

    अर्काे पाेस्ट

    नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने

    सम्बन्धित Posts

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    २८ मंसिर २०७९, बुधबार १०:५९
    0

    विराटनगर । मोरङ र झापाको...

    समाचार

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    by खबरबिट
    २८ मंसिर २०७९, बुधबार १०:५९
    0

    जनकपुर । जनकपुरस्थित जानकी मन्दिरमा...

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    २८ मंसिर २०७९, बुधबार १०:५९

    कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

    २८ मंसिर २०७९, बुधबार १०:५९

    सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव सुरु

    २८ मंसिर २०७९, बुधबार १०:५९

    झापा र उदयपुरबाट लागूऔषधसहित तीन पक्राउ

    २८ मंसिर २०७९, बुधबार १०:५९
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by खबरबिट
    २८ मंसिर २०७९, बुधबार १०:५९
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    २८ मंसिर २०७९, बुधबार १०:५९

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    २८ मंसिर २०७९, बुधबार १०:५९

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    २८ मंसिर २०७९, बुधबार १०:५९

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    २८ मंसिर २०७९, बुधबार १०:५९


    बढी पढिएकाे (३० दिनमा)

    • सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

      0 shares
      Share 0 Tweet 0
    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

      0 shares
      Share 0 Tweet 0
    • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।