Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गरिने

आशिष काफ्ले by आशिष काफ्ले
14/12/2022
in मुख्य समाचार, समाचार
0
कर्णाली र सुदूरपश्चिमका लागी मतपत्र छापियो, कात्तिक ३ गतेसम्ममा सबै क्षेत्रमा मतपत्र ढुवानी गरिसक्ने
97
VIEWS
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताए ।

मतदानको १६ दिनपछि २० मंसिरमा प्रतिनिधिसभाको २७५ र प्रदेश सभाको ५५० क्षेत्रको मतगणना सकाएको आयोगले २१ गते दलहरूलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । २४ मंसिर अबेर रातिसम्म नामावली बुझाएकामध्ये पाँच दलको सूची त्रुटिपूर्ण थियो । थप दुई दिनको समय पाएका दलहरूले सोमबार सच्याएर नामावली बुझाएका थिए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

यसमध्ये त्रुटिपूर्ण सूची बुझाएको एमालेले पुरानै नामावलीलाई मान्यता दिन माग गर्दै सच्याउन अस्वीकार गरेको थियो । आयोगले बन्दसूची हेरफेर गर्ने कानुन नभएकाले समावेशी समूह र प्राथमिकता क्रमअनुसार मिलाएर ल्याउन ताकेता गरेपछि मंगलबार एमालेले सच्याएर नामावली बुझाएको छ ।

समानुपातिकतर्फ सबै दलको नामावली बन्दसूचीको क्लस्टर र प्राथमिकता क्रमअनुसार प्राप्त भएपछि आयोगले बुधबार अन्तिम परिणाम घोषणा गर्न लागेको प्रमुख आयुक्त थपलियाले बताए । प्रत्यक्षतर्फ भने गणना सकिएलगत्तै मुख्य निर्वाचन अधिकृतले निर्वाचन क्षेत्रमै निर्वाचित गरेर प्रमाणपत्र दिइसकेका छन् । समानुपातिकतर्फका निर्वाचित सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गर्नेछन् ।

अन्तिम परिणाम घोषणा गर्न आयोगले बुधबार साढे १ बजे पत्रकार सम्मेलन गर्दै छ । ‘बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँछौँ । लगत्तै आयोगमा समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिन्छौँ,’ प्रमुख आयुक्त थपलियाले भने । निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र राष्ट्रपति तथा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । ‘राष्ट्रपतिलाई भोलिपल्टै प्रतिवेदन दिन्छौँ । २ पुसमा सातवटै प्रदेश प्रमुखलाई बुझाउँछौँ,’ थपलियाले भने ।

संसद् अधिवेशन मध्य पुसमा
आयोगले अन्तिम परिणाम दिँदै गर्दा सरकारले संघीय संसद्को अधिवेशन आह्वानको तयारी थालेको छ । तर, यसअगावै नयाँ सरकार गठनको प्रक्रिया अघि बढिसक्नेछ । सत्तागठबन्धनमा पुसको मध्यतिर अधिवेशन बोलाउने गरी छलफल चलेको छ । ‘पुसको १५ वा १७ गते बोलाउने कि भन्ने हिसाबले छलफल अगाडि बढको छ । २० गते नकट्ला,’ गठबन्धनका एक नेताले भने । माओवादी महासचिव देव गुरुङले भने राष्ट्रपतिले नवनिर्वाचित सांसदको शपथको समय तोकेपछि त्यही सेरोफेरोमा अधिवेशन आह्वानको सिफारिस हुने बताए । संविधाको धारा ९३ (१) मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

सरकार गठन आउँदो साता
अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठनको औचापरिक बाटोसमेत खुल्नेछ । संविधानको धारा ७६ (३) मा ३० दिनभित्र नयाँ सरकार बन्नुपर्ने व्यवस्था छ । घोषणा गरेको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन सात दिनको समय पाएको आयोगले बिहीबार राष्ट्रपतिलाई बुझाउँदै छ । प्रतिवेदन प्राप्त गरेपछि राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नेछिन् । शीतलनिवास स्रोतका अनुसार बिहीबार प्रतिवेदन प्राप्त गरेपछि शुक्रबार र शनिबार अध्ययन गरेर आइतबार वा सोमबारसम्ममा राष्ट्रपतिले ७६(२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने तयारी छ ।

‘संसद् अधिवेशन नबोलाई सरकार गठनको आह्वान गर्न मिल्छ । राष्ट्रपतिबाट निश्चित समय तोकेर ७६(२) बमोजिम दाबी गर्न दलहरूलाई आह्वान हुन्छ,’ राष्ट्रपति कार्यालयका एक पदाधिकारीले भने, ‘बिहीबार प्रतिवेदन आएपछि शुक्रबार र शनिबार अध्ययन हुन्छ, आइतबार वा सोमबारसम्ममा आह्वान हुन्छ ।’ ढिलोमा आउँदो साताभित्र सरकार गठनको आह्वान भइसक्ने उनको भनाइ छ ।

आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार अहिले कुनै दलको बहुमत नआएकाले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको गठबन्धन सरकार बन्ने देखिन्छ । बहुमत पुगेको कुनै पार्टीको संसदीय दलको नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्नुपर्छ । राष्ट्रपतिले नियुक्त गरिसकेपछि प्रधानमन्त्रीले एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ ।

Tags: Bannerनिर्वाचन अन्तिम परिणामनिर्वाचन आयोगप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.