Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछः राष्ट्रपति भण्डारी

खबरबिट by खबरबिट
15/12/2022
in अर्थ, समाचार
0
विराट एक्सपो आजबाट सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
8
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

माेरङ्ग । विराटनगरमा बिहीबारदेखि विराट एक्स्पो सुरु भएको छ। उद्योग संगठन मोरङले विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले औद्योगिक प्रदर्शनीले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित हुने बताइन्। नेपाल र विदेशी राष्ट्रबीच पारस्परिक सम्बन्ध स्थापित हुने भएकाले देशको अर्थतन्त्र स्तरोन्नतिमा टेवा पुग्ने उनको भनाइ छ। ‘समग्र देशको अर्थतन्त्र उकास्नका निम्ति यस्ता किसिमका कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ उनले भनिन्, ‘विराटनगर औद्योगिक क्षेत्रको ऎतिहासिक ठाउँ हो।’

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन सबै पक्षको ध्यान जानुपर्ने उनले बताइन्। राष्ट्रपति भण्डारीले निजी क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। एक्स्पोले व्यापार क्षेत्रमा नयाँ गतिशीलता प्रदान गर्ने उनले बताइन्।

विराटनगरदेखि संखुवासभाको किमाथांका जोड्ने सडकले चीनसँग जोडिने भएकाले पनि आर्थिक क्षेत्र स्तरोन्नतिमा सहज हुने उनको भनाइ छ। उनले भनिन्, ‘औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछ।’

प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको समस्यालाई चलायमान बनाउने बताए। आर्थिक र औद्योगिक क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी त्यसको स्तरोन्नतिका लागि एक्स्पोले भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको यो किसिमको सक्रियता महत्त्वपूर्ण रहेको बताए। ‘आजको दिनमा राज्यले नै सबैथोक जिम्मेवारी लिनुपर्छ भन्ने कुराको योगदान अन्त्य भइसकेको छ,’ उनले भने, ‘हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा राज्यले मात्रै सबै काम गर्न सक्छ भन्नू अर्थपूर्ण हुँदैन।’

प्रदेश १ मा विकास, सम्भावना र संस्कृतिको हिसाबले एक नम्बर नै रहेको उनले बताए। अहिलेको कानुनले प्रदेश सरकार निरीह बस्नुपरेको उनको भनाइ छ। अहिले पनि केन्द्रले नै बजेट खुम्च्याएर राखेकाले प्रदेश सरकारले सोचेअनुरुप काम गर्न नसकेको उनी बताउँछन्।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगिक प्रदर्शनीले स्थानीय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। विराटनगरबाट देशमा सातजना प्रधानमन्त्री भएको स्मरण गर्दै उनले राजनीतिक र औद्योगिक संग्रहालय बनाउन महानगर निजी क्षेत्रसँग सहकार्यका लागि तयार रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको आर्थिक तरलताबीच चुनौतीलाई पन्छाउनका लागि एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अर्थतन्त्र संकुचित भएकाले समस्या निर्मूल पार्न सरकारको पनि भूमिका आवश्यक पर्ने उनको तर्क छ। निजी क्षेत्रले देशको समृद्धि देख्न चाहेको उनले बताए।

उद्योग संगठन मोरङका अध्यक्ष सुरेश प्याकुरेलले स्वदेशी उत्पादनको बजार फराकिलो बनाउन एक्स्पो आयोजना गरिएको बताए।

‘पर्यटकीय गन्तव्यको प्रचार, स्वदेशी उत्पादनको बजारको दायरा फराकिलो बनाउनका लागि एक्स्पोको आयोजना गरिएको हो,’ प्याकुरेलले भने, ‘कृषि तथा औद्योगिक प्रदर्शनी, आर्थिक र औद्योगिक क्षेत्रको स्तरोन्नतिका निम्ति बहस समेत गरिनेछ ।’

उनले नेपालमा उत्पादन भएका औद्योगिक सामान विदेश निर्यात वृद्धि गर्ने उद्योग अहिलेको आवश्यकता रहेको उनले बताए। स्वदेशी उत्पादनको प्रवर्द्धन नै एक्स्पोको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।

एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा चार सय बढी स्टलहरू राखिएको जानकारी दिए। एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुने बताइएको छ।

Tags: Bannerबिराटनगरविद्यादेवी भण्डारीविराट एक्सपाे

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
औद्योगिक प्रदर्शनीले पर्यटन क्षेत्रको वृद्धिका लागि पनि मद्दत पुग्नेछः राष्ट्रपति भण्डारी

विराट एक्सपो आजबाट सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.