नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारका क्रममा मंगलबार अस्पताल भर्ना भएका छन् ।
अध्यक्षलाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज भर्ना गरिएको नेपालको निजी सचिवालयले जनाएको छ।
छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको टोलीले उपचार सुरू गरेएकाे साथै अध्यक्ष नेपालको सम्पूर्ण भेटघाट बन्द गरिएको सचिवालयले जानकारी दिएकाे छ।