नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् ।
प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको जानकारी दिए ।
माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।