Saturday, December 27, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

६ महिना मै उपप्रधान तथा गृहमन्त्रालय पदभार पाएका लामिछानेकाे राजनैतिक यात्रा

खबरबिट by खबरबिट
26/12/2022
in मुख्य समाचार, समाचार
0
६ महिना मै उपप्रधान तथा गृहमन्त्रालय पदभार पाएका लामिछानेकाे राजनैतिक यात्रा
45
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । आफ्नो व्यक्तिगत हुटहुटीपछि ६ महिनाअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आमनिर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै संघीय संसदमा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ साल आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउने अनुमति दिएर सञ्चारकर्मको दोस्रो इनिङको विधिवत सुरुवात गरिदिएको सात वर्षपछि लामिछाने उनकै आग्रहलाई टार्न नसकेर सरकारमा सामेल भएका हुन् भन्दा अत्युक्ति हुँदैन । अरुले नपत्याउँदा ओलीले त्यसबखत लगाएको गुन उनले आफ्नो पहिलो टीभी कार्यक्रम बन्द गरिदिने पुष्पकमल दाहालको नेतृत्वलाई समर्थन गरेर तिरेका छन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

सञ्चारकर्मीका रुपमा काम गर्दै गर्दा अमेरिका पलायन भएर उतैको नागरिकतासमेत लिएका लामिछानेले नेपाल आएर ६२ घण्टा लगातार ‘टक सो’ चलाएर विश्व कीर्तिमान राखेपछि केही चर्चा बटुलेका पात्र हुन् । विश्व किर्तिमानी टक सो चलाए पनि नेपाली मिडियाबाट अपेक्षाकृत चर्चा नपाएपछि भने आफूले अमेरिकी नागरिकता लिएको उनले बताउने गरेका छन् ।

आफूलाई महत्त्वाकांक्षी र छिटो निर्णय लिने व्यक्तिका रुपमा चिनाउने लामिछानेको सानिध्यता एमाले अध्यक्ष ओलीसँग नयाँ भने होइन । पहिलोपटक प्रधानमन्त्री भएसँगै ओली र लामिछानेको निकटता बढेको थियो । रविले तत्कालीन प्रधानमन्त्री ओलीलाई आफ्ना योजनाहरू सुनाउँदै ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन राजी गराएका थिए । ओली राजी भएर कार्यक्रम अनएयर हुन थालेपछि लामिछानेले १४ वर्षको अमेरिका बसाइँ छोड्ने निर्णय गरेका हुन् ।

लामिछानेले आफ्नो अमेरिका बसाइँ निकै उत्पादनमूलक रहेको दाबी गर्ने गरेका छन् । तर‚ उनलाई नजिकबाट चिन्नेहरू भने पारिवारिक कलहसँगको आर्थिक उतारचढावले गर्दा अमेरिका छोड्नु उनका लागि हितकर रहेको देखेरै लामिछाने नेपाल आएको बताउँछन् । अमेरिकामा रहँदाको पारिवारिक कलह कस्तो थियो भन्ने विषय उनकी पूर्वपत्नी ईशा लामिछानेले स्वयंले सार्वजनिक गरेकी थिइन् । त्यसबारे रवि र ईशा दुवैको आ-आफ्नो भनाइ बाहिर आएको थियो । जसले रविको अमेरिका बसाइ पारिवारिक रुपमा सुखद नरहेको भने स्पष्ट पारेको थियो ।

ओली प्रधानमन्त्रीबाट हटेर पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै उनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ नेपाल टेलिभिजनबाट बन्द भयो । नेपाल टेलिभिजनबाट बिदा भएपछि उनले न्यूज २४ बाट ‘सिधाकुरा जनतासँग’ भन्ने कार्यक्रम चलाउन सुरु गरे । जसले उनलाई चर्चाको शिखरमै पुर्‍यायो । उनको प्रस्तुति शैलीले वाहवाही बटुलिरहेकै बेला २०७६ श्रावण २० गते पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानको क्रममा पुडासैनीको मोबाइलमा लामिछानेसहित अन्य तीन जनाका कारणले आफूले आत्महत्या गरेको उल्लेख गरिएको भिडियो फेला पर्‍यो । फल स्वरुप रवि लामिछानेलाई प्रहरीले प्रकाउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा नै चलायो । यद्यपि सो मुद्दामा अदालतबाट लामिछानेले सफाइ पाइसकेका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दा लागेर प्रहरी हिरासतमा पुग्नु उनका लागि भविष्यमा चितवनबाट आमनिर्वाचनमा विजयी हुने आधार नै बन्यो । त्यसबखत लामिछाने हिरासतमा रहँदा उनको समर्थनमा दिनहुँजसो चितवनको सडक अशान्त बनेको थियो । ११ दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएको भोलिपल्ट रविले नारायणी किनारमा आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिन कार्यक्रम राखे‚ जसमा हजारौं सहभागी भएका थिए । त्यसबेला नारायणी किनारमा उर्लिएको भिडले नै रविलाई एक प्रकारको छुट्टै ढाडस दियो । रविलाई नजिकबाट चिन्नेहरूका अनुसार त्यहाँ जम्मा भएको भीडले नै उनको मनमा कुनै दिन राजनीतिमा प्रवेश गर्न सकिन्छ भन्ने सोचलाई पनि अंकुरित गराइदिएको थियो ।

न्युज २४ को व्यवस्थापन पक्षसँग खटपट भएपछि उनले २०७७ फागुनमा नयाँ टेलिभिजन ग्यालेक्सी फोरके सञ्चालन गर्ने घोषणा गरेका थिए भने २०७८ असोज १५ गतेदेखि विधिवत रुपमा टेलिभिजनले आफ्नो प्रशारण सुरु गरेको थियो । तर‚ उनको नयाँ टेलिभिजन यात्रा त्यति सुखद भने रहेन । उनले गत असारमा उक्त टेलिभिजन छोडेर राजनीति गर्ने घोषणा गरे ।

एकातर्फ ग्यालेक्सीमा उनको खस्किँदो साख र अर्कोतर्फ स्वतन्त्रको नाममा काठमाडौं महानगरबाट बालेन्द्र शाह र धरान उपमहानगरबाट हर्क साम्पाङको उत्साहजनक जतिले उनको मनमा केही वर्ष पहिले नारायणी किनारमा अंकुरित भएको राजनीतिज्ञ बन्ने सोचलाई मलजल गरिदियो । त्यसैले उनले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरे । परम्परागत पार्टीहरूको विकल्पमा काम गर्ने भन्दै राजनीतिमा होमिएका लामिछानेले अन्तत: विभिन्न अड्कलबाजीबीच चितवन-२ बाट उम्मेदवारी दिए ।

निर्वाचनको केही दिनअघि लामिछानेको नेपाली नागरिकताको वैधतामाथि विवाद भए पनि त्यो विषयले उनको राजनीतिक यात्रालाई धक्का दिन सकेन बरु थप बल पुर्‍यायो । त्यससँगै उनको राहदानीबारे पनि विवाद सतहमा आयो । उनको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला उनी भने उपप्रधान तथा गृहमन्त्रीका रुपमा शपथ लिँदै सरकारमा सामेल भएका छन् ।

पार्टी स्थापना गरेको केवल ६ महिनामा नै सत्तामा पुग्नु रास्वपाका लागि ऐतिहासिक उपलब्धि हो भने नेपाली राजनीतिको पनि नयाँ परिघटना हो । अब राष्ट्रिय स्वतन्त्र पार्टी पनि संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ। सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका रवि लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।

निर्वाचनमा परम्परागत दलहरूलाई चुनौति दिन लामिछाने स्वयंले पुराना नेताहरूको नेतृत्वमा सरकारमा नजाने बरु देशलाई बलियो प्रतिपक्षको आवश्यकता रहेको बताउने गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा एमाले अध्यक्ष केपी ओलीसँग उनको के विषयमा कुरा मिल्यो र रास्वपाले सरकारमा सहभागी हुने निर्णय गर्‍यो त्यो औपचारिक रुपमा स्पष्ट भइसकेको छैन ।

चितवन दुईबाट निर्वाचन जित्ने पक्कापक्की भएको बेला कान्तिपुरसँग कुराकानी गर्दै रवि लामिछानेले नेपालमा सबै दलहरु कुनै न कुनै किसिमले एक अर्कासँग मिलेकाले यहाँ बलियो प्रतिपक्ष नभएको प्रतिक्रिया दिएका थिए । ‘लोकतन्त्रमा प्रतिपक्ष नहुनु भनेको सबैभन्दा खतराको बिषय हो । हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ,’ उनले यसो भन्दै गर्दा सरकारमा सामेल हुनसक्ने आधार पनि बताएका थिए, ‘तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला ।’ तर रातारात उनीसहित बनेको ६ दलीय सत्ता गठबन्धनको नेतृत्व गरेका पुष्पकमल दाहालमा के देखे प्रश्न उठेको छ ।

Tags: Bannerउपप्रधान तथा गृहमन्त्रीराष्ट्रिय स्वतन्त्र पार्टीसभापति रबि लामिछाने

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
प्रदेश १ का प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

प्रदेश १ का प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.