नेपाल सरकारले सात जना सचिवहरूको कार्यक्षेत्र फेरबदल (सरूवा) गरेको छ।
आज बिहिबार बसेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।
अर्थ मन्त्रालयमा कार्यरत कृष्णहरि पुस्कर र ताेयम रायको सरुवा मन्त्रीपरिषदकाे बैठकले निर्णय गरेकाे हाे । जसमा अर्थसचिव कृष्णहरिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र अर्थसचिवमा रायलाई ल्याइएको छ।
रायलाई अर्थमा सरुवा गरेर खाली भएको स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव मधु मरासिनीलाई बाणिज्य सचिवमा लगिएको छ। त्यस्तै, राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगेर आयोगका सचिव रामप्रसाद घिमिरेलाइ राजस्वमा ल्याइएको छ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय लगेर त्यहाँ कानुन सचिव उदयराज सापकोटा ल्याइएको छ।