इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार (आज) जनता बहुमुखी क्याम्पसमा हुँदैछ । संघकाे नेतृत्वकाे लागि चार समुह विच प्रतिष्पर्धा हुदैंछ ।
विगतका निर्वाचनमा राजनितिक दलले अघोषित रुपमा उम्मेदवार खडा गरेका थिए । यो पटक भने चार समुह चारै प्रकार देखि चुनावमा सामेल हुदैछन् । रञ्जु सिग्देल (चौलागाई) को समुहलाई अदृश्य रुपमा नेकपा एमालेले सहयोग गरेको छ । गायत्री कटुवाल (भण्डारी) को समुहलाई नेपाली काङ्ग्रेस समुहले घोषित रुपमै सहयोग गर्ने बताएको छ ।
अर्का उम्मेदवार जीवन पराजुलीलाई नेपाली काङ्ग्रेसको देउवा समुह तथा अन्लय दलले समर्थन गरेका छन् । त्यस्तै मणिन्द्र कटुवाल स्वतन्त्र उम्मेदवार बनेका छन् ।