इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ)ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी)ले ५६३ मत प्राप्त गरिन् । यता, मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।
सार्वजनिक मत परिणाम अनुसार जिवन पराजुली समूहका सिनेट रिजाल १२२१ मत सहित निर्वाचित भएका छन् । उनी उद्योग वाणिज्य संघ इटहरीका कान्छा उमेदवार हुन् ।
यस्तै, रञ्जु सिग्देल प्यानलबाट १०२२ मत सहित राकेश श्रेष्ठ निर्वाचित बनेका छन् । पराजुली प्यानलबाट नै ध्रुव अधिकारी ९०४ मत, संजय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत सहित निर्वाचित भएका छन् । यता रञ्जु सिग्देल प्यानलबाट श्रेष्ठसँगै सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मत सहित निर्वाचित भएका छन् ।
महिला सदस्य तर्फ दुवै जना पराजुली समूहले बाजी मारेको छ । पराजुली समूहका शोभा कोइराला ९सबिना०१२४९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने पराजुली प्यानलकै मिना ढकाल ९१६ मत प्राप्त गर्दै विजयी भएकी छन् ।