रामधुनी । स्ट्यान्डर्ड बोडिङ स्कुलले गत आइतबार आफ्नो २९औं वार्षिकोत्सव सम्पन्न गरेको छ । स्कुलकैे प्राङ्गणमा एक कार्यक्रमकाबीच वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
प्रिन्सिपल तथा एनप्याब्सन सुनसरी जिल्ला उपाध्यक्ष गणेश कोइरालाको सभापतित्व, एनप्याब्सन केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रमुख अतिथि श्रेष्ठले लकडाउनको विषम परिस्थितिमा पनि राष्ट्रिय स्तरको विविध संस्कृति झल्काउने साङ्गीतिक कार्यक्रम गर्न सक्नु विद्यालयको अनुपम शैक्षिक भएको बताए ।
बिशिष्ठ अतिथि रहेका एनप्याब्सन सुनसरी जिल्ला अध्यक्ष नारायण कुमार सञ्जेलले बोडिङ स्कुलका चुनौती तथा अभिभावकको भूमिका बारे प्रष्ट पारे । बिशिष्ठ अतिथि वडा नं. १७ वडा अध्यक्ष प्रभात आचार्यले वडा बाल सञ्जालमा यश विद्यालयको प्रतिनिधित्व उल्लेख्य रहेको बताए ।
कार्यक्रमका बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय पकली प्रमुख लोकेन्द्र रायले कुलत, दुब्र्यसनी बिरुद्ध नैतिक चेतनामूलक क्रियाकलापमा विद्यालयप्रति आफू सकारात्मक रहेको बताए । अतिथिः विद्यालय ब्यवस्थापन समिति सदस्य समेत रहनुभएका अभिभावक बुद्धकुमार राउतले विद्यालयले मौलिक गीत रचना, बालबालिकाबाट गायन तथा सुन्दर बाद्यबाधन तथा उत्कृष्ट नृत्यहरुले पुलकित भएको भन्दै बिद्यालयको यो टीमले छलाङ मारेको बताए ।
कार्यक्रममा तीनसय जना भन्दा बढी अभिभावक र पाँच सय भन्दा बढी बिद्यार्र्थीको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत गीत, राष्ट्र गीत लगायत दर्जनौँ गीत गायन तथा राष्ट्रिय गीत, संगिनी, मारुनी, साकेला, थारू, सेलो लगायतका करिब चार दर्जन नृत्य प्रस्तुत गरिएको थियो ।
बाल अधिकार विषयक निमोठिएका कोपिला, गलत खानपान तथा अन्धविश्वास विरुद्धको नयाँ झाँक्री र मोबाइल दुरुपयोग बिरुद्धको दुब्र्यसनी गरी तीन वटा नाटक प्रस्तुत गरिएको थियो ।
विद्यालयमा लामो समयदेवी अनवरत सेवा पुर्याइरहनुभएका शिक्षक, कर्मचारी, चालक, सहचालक, प्रशिक्षक लगायतलाई सम्मानपत्रसहित सम्मान समेत गरिएको थियो ।