Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

प्रदेश नामकरणमा असन्तुष्ट पहिचानवादी समुहद्वारा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड

खबरबिट by खबरबिट
31/03/2023
in समाचार
0
प्रदेश नामकरणमा असन्तुष्ट पहिचानवादी समुहद्वारा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड
111
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । पछिल्लो समय कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादी समुहहरूले विभिन्न ठाउँमा हिंसात्मक आन्दोलन गर्न सुरु गरेका छन् ।

केही दिन अघि विराटनगरको प्रदर्शनपछिका दिनमा विभिन्न स्थानका पालिका तथा वडाहरुमा तालाबन्दी गर्दै आएको थियो । तालाबन्दी सँगै शुक्रबारबाट केही समुहहरुले हिंसात्मक आन्दोलन सुरु गरेका छन् । आज बिहान इटहरी २० नम्बर वडा कार्यालयमा तोडफोड गरिएको छ । बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयको झ्यालका सिसा र डिजिटल बोर्ड तोडफोड गरेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल गरेर ताला लगाएपछि एक्कासी तोडफोडमा उत्रिएका थिए । ‘वडा कार्यालयमा सुरुमा ताला लगाइएको थियो, त्यो बेला हामी बाहिरै निस्कियौं’ उनले भने, ‘हामी तल झर्दै गर्दा एक्कासी झ्यालको सीसा, डिजिटल बोर्डमा समेत तोडफोड गरियो ।’

यस्तै, तरहरा प्रहरी चौकीको ना १ झ ६२० नम्बरका प्रहरीको गाडी समेत तोडफोड गरिएको छ । वडा कार्यालयमा प्रहरीको गाडी पुुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गर्न थालेका हुन् । ढुंगामुढाले प्रहार दुई जना प्रहरी सामान्य घाइते समेत भएको गुरुङले बताए ।

धरानमा छाप जलाइयो, ताला लगाइयो
बिहीबार एक समुहले धरान उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि विवाद समेत भएको थियो । करिब साढे ११ बजे ताला लगाइएको र कार्यालयको केही छाप समेत जलाइएको थियो । सबै कर्मचारीलाई बाहिर निकालेर ताला लगाएपछि र केह िछाप जलाउन थालेपछि बाहिर निस्किएको सूचना अधिकारी ध्रुव अधिकारीले बताए । पछि प्रहरी आएर ताला खुलाएको थियो । सोही कारणले शुक्रबार समेत सेवा प्रवाह प्रभावित बनेको उनको भनाई छ ।

त्यस्तै बिहीबार नै बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को कार्यालयमा समेत केही बेर ताला लगाइएको थियो । प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै एक समुह वडाकार्यालय पुगेर ताला लगाएको हो । केही दिन अघि इटहरी उपमहानगरपालिकाको कार्यालयमा समेत नाराबाजी गर्दै ताला लगाइएको थियो ।

पछिल्लो समय प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचान पक्षधरहरूले आन्दोलनका गतिविधिमा सक्रिय हुन थालेका छन् ।

 

Tags: Bannerइटहरीकाेसी प्रदेशतोडफोड

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी (मत परिणामसहित)

झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी (मत परिणामसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.