इटहरी अस्पतालमा २४ सै घण्टा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् ।
नगरप्रमुख पौडेलले अब एक वर्षभित्रमा आइसियू, एनआइसियू र भेल्टिलेटरको समेत व्यवस्था गरिने बताएका छन् । उनका अनुसार अस्पतालको थप भवन निर्माणधिन रहेकाले सो कार्य पुरा भएपछि अन्य सैया थप गरिनेछ ।
अहिले इटहरी अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक हाडर्जोनी, स्त्री रोग, बालरोग र फिजिसियन थप गरेर सेवा दिन थालिएको छ ।