इटहरी। इटहरीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको छ ।
विश्व थाइराड दिवसको अवसर पारेर इटहरी २ बरगाछीस्थित उपकार मेडिसिन सेन्टर र चहाना बचत तथा ऋण सहकारी संस्था तरहराको संयुक्त आयोजनामा निःशुल्क रक्त परीक्षण, थाइराइड हर्मोन, सुगर, प्रेसर जाँच गरिएको हो ।
उपकार मेडिसिन सेन्टरमा चार सय २८ जनाले सेवा लिएका छन् । यस्तै, चाहाना बचत तथा ऋण सहकारी संस्थामा दुई सय ६४ जनाले सेवा लिएका छन् ।
नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको उपकार मेडिसिन सेन्टरका सञ्चालक कूलबहादुर कार्कीले बताए ।
रोग लाग्नुभन्दा अगावै आफ्नो शरीरको स्वास्थ परीक्षण गराएर समयमा रोगदेखि सावधान हुन सहज पुग्ने उनको विश्वास छ ।