झापाको बुद्धशान्ती गाउँपालिका ४ लावरको भित्री सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा १ बालिकाको मृत्यु भएको छ।
शनिवार अपरान्ह पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले पैदल यात्री पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती ४ मा बस्दै आएका आशिष तामाङकी ८ बर्षीया छोरी सोमिया तामाङलाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको छ। ठक्कर दिने बस तथा चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।