बराहक्षेत्र । नायब सुब्बा पदको लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित १४ सेट प्रश्नोक्तर संग्रह सार्वजनिक भएको छ ।
बराहक्षेत्र नगरपालिकाका प्रशासकीय अधिकृत मनुकुमार लिम्बु र आन्तरिक कर कार्यालय इटहरीका कर अधिकृत सुमन श्रेष्ठद्वारा लिखित नायब सुब्बा पदको लोकसेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित नायब सुब्बाको १४ सेट प्रश्नोतर संग्रह द्वितीय पत्र सार्वजनिक भएसँगै बजारमा उपलब्ध हुन थालेको हो ।
उक्त पुस्तकको प्रकाशक तथा वितरकको रुपमा रहेको अक्षराङ्क प्रकाशन प्रा.लि.काठमाडौले देशभर बजारमा पुर्याएको लेखक लिम्बुले बताए ।
संखुवासभा पाँचखपन ९ मा जन्मिएका लिम्बुले एम.ए. अंग्रेजी, एम.ए. राजनीतिशास्त्र, एल.एल.बि कानुन, बि.एड. अंग्रेजी उत्तिर्ण तथा एम.पी.ए.अध्ययनरत छन् । अर्का लेखक श्रेष्ठले एम.एड.गणीत उत्र्तिण तथा एम.पी.ए.अध्ययनरत छन् ।
लोकसेवा तयारीमा रहेका सम्पूर्ण विद्यार्थीलाई उपयोगी सामाग्री रहेको लेखकद्वयको भनाइ छ । लेखकका अनुसार अधिकांश विद्यार्थीलाई लोकसेवा परीक्षाको लेखन शैलीबारे थाहा नपाइरहेको अवस्थामा यसले मार्गदर्शन गर्नेछ ।
प्रथम संस्करणमा एक हजार प्रति प्रकाशित यस पुस्तकको बजार मूल्य तीन सय ३० रुपैयाँ रहेको छ ।