सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा थप एकसाता लकडाउन गर्ने निर्णय गरेको छ । प्रशासनको शुक्रबार बसेको बैठकले आगामी जेठ २२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
एक साता अवधिभर बजार, पसल, हिँडडुलमा रोक लगाइएको प्रशासनले जनाएको छ । बैठकले सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय समेत गरेको छ ।