Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

उपमेयरमा जम्मा ९९ मत पाएकी गुरुङ्ग राज्यमन्त्री नियुक्त

खबरबिट by खबरबिट
05/06/2021
in समाचार
0
उपमेयरमा जम्मा ९९ मत पाएकी गुरुङ्ग राज्यमन्त्री नियुक्त
18
SHARES
457
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । चार वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भारी मत अन्तरले उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छिन्। 

टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले निर्वाचनामा आठ हजार ९८ मत पाएकी थिइन् भने गुरुङ्गले जम्मा ९९ मत पाएकी थिईन्।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

शुक्रबार गुरूङलाई प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

नवनियुक्त राज्यमन्त्री गुरूङ राजनीतिमा लागेको पनि चार वर्षमात्रै भएको छ। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्।

उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव पक्षकी उनले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकी थिइन्। यादव पक्षलाई छोडेर आएकाले नै उनलाई राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ।

उनी जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसद मध्ये गुरुङ्ग पनि थिइन्। त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।

गुरूङ सहित ६ जना सांसदले फोरम फुटाउन लागेपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जसपा बनाइएको थियो। अहिले जसपा पनि विभाजनको संघारमा पुगेको छ।

शक्तिको आडमा बाटोमा पर्खाल 

सुनसरीको रामधुनी नगरपालिका–६ बकलौरीकी गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष रहिसकेकी उनले रामधुनी नगरपालिका वडा नम्बर ६ मा विगत ५० बर्ष भन्दा लामो समय देखि चलिरहेको सडकलाई सेनाको आडमा कब्जा गरेर पर्खाल लगाएकी छन्।

श्रीमान नेपाली सेनामा रहँदा सिपाहीलाई घरायसी काममा लगाएर दुरुपयोग गरेको आरोप लाग्ने गरेकी उनले सेना प्रयोग गरेर सर्वसाधारणलाई आतंकित बनाउदै लगाएको पर्खाल शक्तिको आडमा अहिले पनि उक्त सडकमा ठडिएको रामधुनी बकलौरीका स्थानीय बताउँछन्।

बिगत पाँच दशकभन्दा लामो समयदेखि प्रयोगमा रहेको बक्लौरी बजार प्रवेश गर्ने मुल सडक गुरुङ्गले कब्जा गरेर बन्द गराएपछि स्थानीयवासीले गुरुङ्ग विरुद्द आन्दोलन गरेका थिए।

बकलौरीका स्थानीयवासी भन्छन्, ‘सांसद मात्र हुँदा शक्तिको त्यसो दुरुपयोग गर्ने यीनले राज्यमन्त्री नै भएपछी तान्डब नै देखाउलिन !’

Tags: उपमेयरराज्यमन्त्रीरामधुनीस्थानीय तह निर्वाचन

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सरकारका कामबारे जानकारी दिन संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.