इलाम । श्रीमतीको हत्या गर्ने एक व्यक्ति शनिबार बिहान इलामबाट पक्राउ परेका छन् ।
भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताक बहादुर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
शनिबार (आज) बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई दाऊले घाँटीमा काटेर हत्या गरेका हुन् । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट प्रहरी टोली खटिगई उनलाई नियन्त्रणमा लिएको हो ।
घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।