रामधुनी । सुनसरी इटहरी १ का २४ वर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी इटहरी २ का ३१ वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।
मिति २०६५ साल पौष १ गते रबिन चौधरीको इटहरी ५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान आरआईटी) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद भुक्तानका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ ।