बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या घटेको छ।
असार दोस्रो सातादेखि संक्रमितको संख्या केहि घटेको बराहक्षेत्र स्वास्थ शाखा अहेव जितेश थापाले बताए । गत वैशाखदेखि बराहक्षेत्र नगरपालिकाले कोरोना जाँच गर्न सुरु गरेको थियो ।
वैशाख ५ गतेदेखि अहिलेसम्म बराहक्षेत्रमा संक्रमितको संख्या ९ सय ७१ जना रहेको र निको हुनेको संख्या ७ सय ९३ रहेको छ । मृत्यु हुनेको संख्या २६ र अहिले होम आइसोलेशन बराहक्षेत्र आइसोलेशनमा १ सय ७८ जान संक्रमित बस्दै आएको थापाले बताए । थापाका अनुसार स्वास्थ शाखाले दिन बिराएर पिसिआर तथा एन्टिजन जाँच गर्दै आएको छ ।
जाँच गर्ने क्रममा असारको दोस्रो सातादेखि पहिला जस्तो संक्रमित नथपिएको बताए । उनले पहिला ७० जानको जाँच गर्दै ४० ,४५ संक्रमित थप हुँदै आएकोमा अहिले ५३ जनाको जाँच गर्दा ७ देखि १० मा संक्रमण हुन थालेको बताए ।
अहिले नगरपालिकामा एउटा आइसोलेशन र कोभिड हस्पिटल संचालन गरि नगरबासीलाई सेवा प्रदान गर्दै गरेको प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल बताए । उनले नगरवासीका लागि आठौं नगर सभाबाट पारित गरि एक करोड रुपैयाँ खोप खरिद गर्न छुट्याएको समेत जानकारी दिए ।