रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले आ.ब.२०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसाधारणका लागि सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत नगरउपप्रमुख सबिना चौधरीले कुल रु ७२ करोड ८४ लाख ४ हजारको बिनियोजित बजेट सार्वजनिक गरेकी हुन् ।
नगरप्रमुख जयप्रकास चौधरीको सभापत्विमा भएको सो पत्रकार सम्मेलन कार्यक्रममा अल्या सहितको बजेट सार्वजानिक अनुसार चालु खर्च रु ४३ करोड ७ लाख ३३ हजार ५९.१३ प्रतिशत र पुँजिगत खर्च २९ करोड ७६ लाख ७१ हजार ४०.८७ प्रतिशत रहेको छ ।
कुल अनुमानित खर्चको श्रोत मध्ये आन्तरिक आय ३ करोड ४७ लाख ८० हजार रुपैयाँ संघीय र प्रदेश सरकार सामानीकरण अनुदान, संघीय सरकार शसर्त पुँजिगत अनुदान, संघीय सरकार समपुरक अनुदान, संघीय राजश्वबाडफाडबाट ब्यहोर्ने छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा नगरलाई बालमैत्रि नगरको रुपमा घोषणा गर्ने लक्ष्य प्राथमिक्तामा राखेको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटन, युवा तथा खेलकुदलगायतका क्षेत्रमा समेत विभिन्न कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।
यस्तो छ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम :
नीति तथा कार्यक्रम २०७८/०७९
कार्यक्रम अनुसार
आर्थिक विकास
सामाजिक विकास
पूर्वाधार विकास
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
[…] […]