झापा । झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जनाल पक्राउ परेका छने भने एक जना फरार रहेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३७ वर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् ।
मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकल चालक रहेका ताजपुरियालाई चेक गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा आफूले गौरादह २ का ३९ वर्षीइ सुमनकुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए ।
जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ । कार्की भने तत्काल फरार रहेकोले खोजी भइरहेको छ ।