सुनसरी । सुनसरीको कोशी गाउँपालिका मा सिटी सफारी अनियन्त्रित भई पल्टिदा एकको मृत्यु भएको छ ।
सोमबार कोशी गाउँपालिका २ स्थित भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी पल्टिदा सवार एक जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।
सोमबार बेलुका ५ बजे भएको दुर्घटनाबाट सोही स्थानका ७४ वर्षीया फरेबी यादव र बराहक्षेत्र १ की २३ वर्षीया सबिना माझी घाइते भएका थिए । घाइते मध्ये यादवको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । माझीको भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
सिटी र चालक कोशी गाउँपालिका २ का २० वर्षीय रंजित यादव जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।