रामधुनी । महेन्द्र राजमार्ग अन्तरगत इटहरीमा भएकाे दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिकामा वडा न.१७ मा मंगलबार दिउँसो भएको दुर्घटनामा परी रामधुनी ३ का निरन्जन खड्काको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका १८ वर्षीय खड्काको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०५-००१ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
घाइते भएका खड्कालाई उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाइएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।