जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि निषेधाज्ञाको समय अवधि थपेको छ ।
प्रशासनले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (सोमबार) रातिसम्म मात्रै रहेकाले थप एक साता निषेधाज्ञा थप गरिएको हो ।
भदौ १४ गते राति १२ बजेदेखि लागू हुनेगरी भदौ २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ । थप भएको निषेधाज्ञामा हाल भइरहेको व्यावस्थालाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।