बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ८ पुलाहाका भीम कटवालको पहलमा चक्रघट्टि स्थित प्रथामिक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कट्वालको पहलमा स्वास्थ्य विभाग काठमाडौबाट उपलब्ध १ थान अक्सिजन कन्सट्रेटर, एटिजेन कीट २ सय पिस, अक्सिमिटर थरमन गन १ पिस गरेर २ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री शुक्रबार स्वास्थ्य चौकीका प्रमुख पृथ्वी चन्द्र भगतलाई हस्तान्तरण गरिएको हो ।
सहज रुपमा स्थानीय क्षेत्रमै सेवाग्राहीहरुलई अक्सिजन उपलब्ध गराउने उद्देश्य राखेर स्वास्थ्य सामाग्री उपलब्ध गरेको पहलकर्ता नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका कट्वालले बताए । अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यदवय शंकर बस्नेत र कालुराम चौधरी, नगर सहसभापति रत्नबहादुर कट्वाल, वडा नं ६ सभापति लालबहादुर रोका, ८ नम्बर वडा सभापति खेमबहादुर थापा लगाएको उपस्थिति रहेको थियो ।