बराहक्षेत्र । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) बराहक्षेत्रको अध्यक्षमा पुनः कृष्ण तामाङ चयन भएका छन् ।
शनिबार बराहक्षेत्र सूर्य फ्यामेली पार्टी प्यालेसमा भएको दोस्रो अधिवेशनबाट तामाङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो । समितकाे कार्यकाल २ वर्ष रहनेछ ।
उपाध्यक्षमा भेषराज न्यौपाने, सचिवमा खेम राई, कोषाध्यक्षमा दिवस विष्ट, सदस्यहरुमा अभियोग राई, बालकृष्ण राई, शरण लिम्बु, शुशिल काफ्ले र रोनी विष्ट सर्वसम्मत चयन भएका हुन् ।
गत वर्ष नै साधारणसभा गर्नुपर्ने भएपनि कोभिड १९ को कारणले गर्न नसकिएको र यस वर्ष साधारणसभा गरिएको प्याब्सन बराहक्षेत्रले जनाएको छ ।
सचिव खेमराज राईले सांगठनिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष दिवस बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला प्याब्सनका सचिव बिजय राईको प्रमुख आतिथ्यता, जिल्ला सदस्यद्वय जय प्रसाद आचार्य र अमृत खड्काको विशेष आतिथ्यता रहेको थियो ।
बराहक्षेत्र प्याब्सनमा नगर क्षेत्रभित्रका २५ विद्यालय आवद्ध छन् ।