सुनसरीको रामधुनी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । रामधुनी ६ इचौलमा भएको दुर्घटनाबाट गम्भीर घाइते भएका सहचालकको उपचारको क्रममा आइतबार राति नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका २२ वर्षीय मुकेश मल्लाह रहेको प्रहरीले जनाएको छ । गए राति सवा १० बजे कान्छि चौकबाट कालाबन्जारतर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर सल्लाह गम्भीर घाइते भएका थिए ।
उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारको क्रममा राति साढे ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको तथा घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







