रामधुनी । नेपाल ट्रेड युुनियन कांग्रेस रामधुनी नगर कार्यसमिति गठन भएकाे छ । शुक्रबार रामधुनीको झुम्कामा भएको भेलाबाट बिनोद कोइरालाको अध्यक्षतामा समिति गठन भएकाे हाे ।
विभिन्न व्यवसायमा आवद्ध तथा काम गर्दै आएका रामधुनीका कांग्रेसमा आस्था राख्नेहरुको भेलाले कोइरालाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएकाे हाे ।
कार्यसमितिको उपाध्यक्ष द्वयमा शम्भु बस्नेत र नैहनी चौधरी, सचिवमा रुद्र प्रसाद नेपाल, सहसचिवमा संजिव दाहाल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा मन्जुश्री मगर, रन्जन ठाकुर, इन्द्र सुब्बा, थिर नारायण साह, महेश कुमार खतिवडा, दीपसिखा सापकोटा र अम्बिका काफ्ले रहेका छन् ।
त्यसैगरी जितेन्द्र कुमार साह, सुधिर कुमार चौधरी र बिमल प्रसाद गुरागाई सल्लाहकारका रुपमा रहेका छन् ।
आगामी दिनमा साच्चै श्रमिकका क्षेत्रमा काम गर्ने, श्रम ऐन अनुसार श्रमिकको संरक्षक र शोषण हुनबाट रोक्ने, सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न राज्यलाई दवाब दिने लगायतका कामहरु गर्ने अध्यक्ष कोइरालाले बताए ।