इटहरी उपमहानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ ।
उप-महानगरपालिकामा कार्यरत कर्मचारी भुट्टीदेवी डोमको असोज २९ गते शनिबारका दिन असामायिक निधन भएको कारणले असोज ३० गते शोक विदा दिएको हो । दिवंगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र दिवंगतका परिवारजन प्रति गहिरो समबेदना व्यक्त गर्दै आइतबारका दिन विदा दिएको हो ।
उक्त शोक विदाको दिन अत्यावश्यक बाहेकका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेका कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द रहने उप-महानगरपालिकाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।